मानव बेचबिखन तथा ठगीसम्बन्धी पाँच वटा मुद्दामा फरार प्रतिवादी कमलकुमार न्यौपानेलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको छ।
काठमाडौँ– मानव बेचबिखन तथा ठगीसम्बन्धी पाँच वटा मुद्दामा फरार प्रतिवादी कमलकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। दाङ तुलसीपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय न्यौपानेलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको हो।
उनीमाथि आठ जना पीडितलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठूलो रकम असुलेर भारत, दुबई तथा अन्य मुलुकमा बेचबिखन गरेको आरोप छ। फागुन २४ गते पक्राउ परेका न्यौपानेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले आइतबार सार्वजनिक गरेको हो।
ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीका अनुसार न्यौपानेले पीडितलाई पोर्चुगल, पोल्यान्ड, दुबई लगायतका देशमा आकर्षक तलबसहित रोजगारी दिलाउने आश्वासन दिने गरेका थिए। उनले मासिक एक हजार २०० देखि एक एक हजार ८०० युरो कमाइ हुने भन्दै प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म लिएर भारत हुँदै अन्य मुलुकमा पठाउने गरेका थिए।
त्यसरी विभिन्न मुलुकमा पुर्याएर उनले बन्धक बनाइ यातनासमेत दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ब्युरोका अनुसार केहीलाई जबरजस्ती अन्य व्यक्तिलाई बेच्न खोजिएको थियो, तीमध्ये कतिपय बन्धनबाट भागेर नेपाल फर्किन सफल भएका थिए। न्यौपाने २० वर्षदेखि यही धन्दा चलाउँदै आएको ब्युरो प्रमुख जिसीको भनाइ छ।
प्रहरीले पक्राउ परेका न्यौपानेको साथबाट विभिन्न कागजात र सामग्री बरामद गरेको छ। तीमध्ये भारतका विभिन्न बैंकका डेबिट कार्ड, आधार कार्ड, ड्राइभिङ लाइसेन्स, मोबाइल फोन र अन्य पहिचानपत्र रहेका छन्। उनी भारतमा ‘कमलकुमार शर्मा’ नाममा परिचय बनाएर बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
हाल उनलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा राखिएको छ। प्रहरीले मानव बेचबिखनमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारेको ब्युरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
