गोकर्णेश्वरस्थित बागमती खोलामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा एक नाबालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले सर्लाही घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको हो।
यही फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ वर्षकी महिलाको शव फेला परेको थियो। उक्त सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्यामा ती व्यक्तिहरूको संलग्नता खुलेको हो।
उपत्यकाका विभिन्न स्थानबाट पाँचै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ।
स्कुटर चोरीमा संलग्न दुई जना पक्राउ
त्यस्तै, ट्राफिक प्रहरीले स्कुटर चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको तारकेश्वरबाट स्कुटर चोरी गर्ने सिन्धुपाल्चोकको बाह्रबिसेका २० वर्षीय शनिस श्रेष्ठ र रुकुम पूर्वका १८ वर्षीय सुशान्त बुढामगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
काठमाडौँको सामाखुसी बस्ने महेशचन्द्र खनालको बा८७प १६४४ नम्बरको स्कुटरलाई नम्बर प्लेट नराखीकन चलाएको अवस्थामा पक्राउ गरिएको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।
ट्राफिक प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नाका साथै नागरिकको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्नसमेत अनुरोध गरेको छ।
सवारीसाधन हराएमा ट्राफिक प्रहरीको ‘हटलाइन’ नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नं १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरीले सबैलाई आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
