बादी समुदायका युवतीहरूले आफूहरूका लागि छुट्टै कोटाको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन्।
काठमाडौँ– बादी समुदायका युवतीहरूले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।
उनीहरूले सोमबार काठमाडौँमा आयोजित कार्यक्रम पिछडिएको वर्गले अर्को पिछडिएको वर्गसँग भिडिरहनुपरेको गुनासो गर्दै आफ्नो समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका हुन्।
उनीहरूले संविधानमा लेखिएका कुरा कागजमा मात्रै सीमित हुँदा आफूहरूले झनै पीडा महसुस बताए। पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरूले सरकारले शिक्षामा विभेद गरेका कारण आफ्नो समुदायका युवतीहरू बाध्य भएर यौन व्यवसाय अँगालेको बताए।
कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरिरहेकी देवीसरा बादीले शिक्षामा विभेद गरिँदा बादी युवतीहरूले बाध्य भएर यौन व्यवसाय अँगालेको सुनाइन्। उनले सरकारले कोटाको व्यवस्था गरिदिए आफूहरूलाई सहज हुने बताइन्।
"हामीले हामी नेपाली हौँ भन्न पनि धेरै जुध्नुपर्छ। दलित समुदायमा पनि बादी समुदाय पिछडिएको वर्ग हो। बादीकै छुट्टै कोटा भए सहज हुन्थ्यो", उनले भनिन्।
त्यस्तै, अधिवक्ता सीता बादीले व्यवस्था बदलिँदा पनि आफ्नो समुदायको अवस्था परिवर्तन हुन नसकेको बताइन्। उनले नागरिकता पाउन पनि बादी समुदायले हात-पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
"नेपालमा जतिसुकै व्यवस्था आए पनि बादी समुदायको अवस्था बदलिन सकेको छैन। नागरिकता पाउन पनि हात-पाउ जोड्नुपर्छ", उनले भनिन्, "हामीले भोट दिँदा केही हेर्दैनन् आस देखाउँछन् तर अघिपछि बादी भन्छन्। हामीले भोट दिएको बदलामा केही पनि गरेको छैन।"
सरकारले बालबालिकाको शिक्षामा सहयोग नगर्ने र अन्य संस्थाले पनि कक्षा १० पछि पढाउन नपाउने कानून हुँदा बादी समुदायका युवतीहरू यौन व्यवसायमा फर्किन थालेको उनले बताइन्। वादी युवतीहरूको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने उनीहरूको माग छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
