सुनको मूल्य बढ्दा चाँदी स्थिर

सोमबार सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ।

काठमाडौँ– सोमबार सुनको भाउ सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा सोमबार तोलामा १०० रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार पनि तोलामा १०० रुपैयाँ मूल्य बढेको थियो।

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ। अघिल्लो दिन प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।