सम्मेलनमा नेपालसहित भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, जापानलगायत देशका भूगर्भविद् सहभागी भएका छन्।
काठमाडौँ– आजदेखि काठमाडौँमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू भएको छ। नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसँगै शुरू भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकका भूगर्भविद्हरूबीच भूगर्भको सुरक्षा सम्बन्धमा छलफल गरिने जनाइएको छ।
समाजका अनुसार जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्नु, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवहरूको आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
नेपाल भूगर्भ समाजका अध्यक्ष चुर्णबहादुर ओलीले जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदान–प्रदान गर्न सम्मेलनले सहयोग पुग्ने बताए।
“जलवायु परिवर्तनको असर बढिरहेको छ। यी समस्याहरूको पहिचान तथा समस्या समाधानका लागि जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालनका लागि सहकार्य हुने तथा ज्ञान आदान–प्रदानमा सहयोग पुग्नेछ,” उनले भने, “सम्मेलनमा अन्तर्राष्ट्रिय विशेषज्ञता आदान–प्रदान, भूगर्भीय अनुसन्धानको प्रवर्द्धन तथा भूगर्भशास्त्रका नयाँ उपलब्धिहरू र तिनको प्रयोगसम्बन्धमा छलफल हुनेछ।”
सम्मेलन मंगलबारसम्म चल्नेछ। उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बांग्लादेश र पाकिस्तानका भूगर्भविद्को सहभागी भएका छन्।
सम्मेलनका संयोजक प्राध्यापक खुमनारायण पौडेलले सम्मेलनमा हिमालय क्षेत्रको भूगर्भ विज्ञानबारे एक सयभन्दा बढी अनुसन्धान पत्र प्रस्तुत गरिने र भूगर्भीय अध्ययन तथा अनुसन्धानबारे विस्तृत छलफल हुने जानकारी दिए। सम्मेलन प्रत्येक दुई वर्षमा आयोजना हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
