नेप्से परिसूचक २० अंकले घटेर २७५१ को विन्दुमा

नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको छ। 

काठमाडौँ– शेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।

नेप्से परिसूचक ६ कारोबार दिनयता निरन्तर घटिरहेको हो। नेप्सेका अनुसार सोमबार परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा कायम भएको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

विभिन्न ३११ कम्पनीको एक एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक खरिद बिक्री हुँदा आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आइतबार १० अर्ब नौ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिन अन्य समूहको उपसूचक ०.०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.४४, विकास बैंक ०.७३, वित्त ०.७०, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, निर्माण तथा प्रशोधन १.१५, लघुवित्त ०.६३, म्युचुअल फन्ड ३.०६, निर्जीवन बीमा ०.६८ र व्यापार समूहको उपसूचक १.६५ प्रतिशतले घटेको छ।

सोमबार नेस्डो समृद्ध लघुवित्त ९.९८, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स ८.७३, विन नेपाल लघुवित्त ८.५३, स्वाभिमान लघुवित्त ३.०२ र ग्रिन डेभेलपमेन्ट बैंकका लगानीकर्ताले २.५६ प्रतिशतले कमाएका छन्।

त्यस्तै, उपकार लघुवित्त ६.९८, सिकलेस हाइड्रोपावर ५.८६, सेनजेन जलविद्युत् ३.८५ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन्।

कारोबार रकम आधारमा भने यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको ७३ करोड ५० लाख ९० हजार ९२९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा घलेम्दी हाइड्रोको ११ लाख ६३ हजार ८५५ कित्ता खरिदबिक्री भएको नेप्सेले जनाएको छ।