रुसी विदेश मन्त्रालयले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती कूटनीतिज्ञलाई दुई हप्ताभित्र रुस छोड्न आदेश दिएको छ।
रुसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकालाको घोषणा गरेको छ। रुसले बेलायती दूतावासका द्वितीय सचिव र प्रथम सचिवका पतिलाई निष्कासन गरेको घोषणा गरेको हो।
“प्रतिगुप्तचर कार्यले राष्ट्रिय दूतावासको आवरणमा अघोषित रूपमा बेलायती गुप्तचर उपस्थितिलाई प्रकाश पारेको छ,” रुसको एफएसबी सुरक्षा सेवाले भनेको छ, “हाम्रो देशमा प्रवेश गर्ने अनुमतिका लागि यी दुईले जानाजानी गलत जानकारी दिएका थिए, जसले गर्दा रुसी कानूनको उल्लंघन भएको छ।”
बेलायतले उक्त आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्रेमलिनसँग निकट सम्बन्ध कायम गर्ने प्रयास गरिरहेको छ। यता रुसले युक्रेन द्वन्द्वको दोष अमेरिकाबाट युरोपतिर थोपरिरहेको बेला सोमबार बेलायती दुई कूटनीतिज्ञलाई देश निकालाको घोषणा आएको हो।
रुसी विदेश मन्त्रालयले उनीहरूको अनुमति रद्द गर्दै दुई हप्ताभित्र रुस छोड्न आदेश दिएको छ। मन्त्रालयले दूतावासका अन्य प्रतिनिधिलाई पनि सोधपुछका लागि बोलाएको टेलिग्राममा एक पोस्टमा उल्लेख गरिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २५ वर्षे शासनकालमा गुप्तचर निकायका कारण मस्को र लन्डनबीचको सम्बन्ध पटक–पटक तनावपूर्ण बन्दै आएको छ।
यसअघि बेलायतले रुसका पूर्वएजेन्ट तथा क्रेमलिनका आलोचक अलेक्जेन्डर लिटभिनेन्कोको हत्यामा मस्कोको हात रहेको आरोप लगाएको थियो। उनको सन् २००६ मा लन्डनमा भएको विषाक्त आक्रमणमा मृत्यु भएको थियो।
सन् २०१८ मा पूर्वडबल एजेन्ट सर्गेई स्क्रिपललाई सोभियतकालको नोभिचोक नामक ‘नर्भ एजेन्ट’ (विष) खुवाएको आरोपमा बेलायत र उसका सहयोगीहरूले जासुस भनिएका दर्जनौँ रुसी दूतावासका अधिकारीलाई देश निकाला गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
