अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ताको समीक्षा पछि आधिकारिक रूपमा यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्न लागेको बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) का ८३ प्रतिशत कार्यक्रम रद्द गरिरहेको बताए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार विदेशमा गरेको खर्चको मूल्यांकन गर्नका लागि अमेरिकी वैदेशिक सहायता कार्यक्रम स्थगित गरिएको थियो।
“६ हप्ताको समीक्षा पछि, हामी आधिकारिक रूपमा यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दैछौँ,” रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका छन्, “अहिले रद्द गरिएका पाँच हजार २०० सम्झौतामा अर्बौँ डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन (र केही अवस्थामा हानि पनि पुर्याएको) थियो।”
यूएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दछ। लगभग १२० देशहरूमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू सञ्चालन गर्दछ।
ट्रम्प र उनका समर्थकले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन्। तर सहायता कटौतीले कमजोर मानिसको जीवन जोखिममा पार्न सक्ने सहायता समूहहरूले तर्क छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
