कोइराला समूहको भेलामा उपस्थित सांसदहरूले नेता शेखर कोइराला र गगन थापालाई तत्काल आपसमा सहमति गरी एक जनाले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुवैले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने तयारी गरेपछि कोइराला समूहका सांसदहरूले दुवै नेतालाई सहमति गरी एक जनाले मात्रै उम्मेदवारी दिन चर्को दबाब दिएका छन्।
सोमबार राजधानीको एक होटलमा भएको कोइराला समूहको भेलामा कोइराला र थापालाई तत्काल आपसमा सहमति गरी एक जनाले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी दिन दबाब दिएका हुन्।
कांग्रेस सहमहामन्त्री एवं कोइराला समूहका सांसद जीवन परिवारले मंगलबार बिहानसम्म सहमति गर्न कोइराला र थापालाई भेलामा सबै सांसदले दबाब दिएको बताए।
"हाम्रो समूहबाट एक जना नेताले मात्रै संसदीय दलको नेताका लागि उम्मेदवारी बन्नु पर्छ", उनले भने, "त्यसैअनुसार हामी सबै सांसदले भोलि बिहानसम्म टुंगोमा पुग्न आग्रह गरेका छौँ। भोलि बिहान फेरि हामी बस्ने छौँ।"
कांग्रेसको संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने तालिका तय भएको छ। त्यसका लागि उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म तोकिएको छ।
संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ संसदीय दलको नेताका लागि उम्मेदवारी दिने निश्चित छ।
तर, संस्थापनइतर पक्षबाट कोइराला र थापामध्ये को उम्मेदवार बन्ने भन्ने टुंगो लागेको छैन। तर, थापाले चुनाव प्रचारप्रसारका बेला नै आफू संसदीय दलको नेताका लागि उम्मेदवारी दिने र मुलुकको भावी प्रधानमन्त्री बन्ने भन्दै मत मागेका थिए।
प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका ८९ सांसद छन्। तीमध्ये करिब ५० जना संस्थापन समूहका खुलेका छन्। बाँकी ३३ जना मात्रै कोइराला समूहमा रहेको कांग्रेसका एक सांसदले बताए। बाँकी ६ जना कतै नखुलेको ती सांसदको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
