कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौँ– कास्कीको सैमराङ केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। 

यसबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।