अन्तर्राष्ट्रिय अपराध न्यायालयले पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेविरुद्ध मानवताविरुद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।
फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन्। मानवताविरुद्ध अपराधको आरोपमा उनलाई मनिलाको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको फिलिपिन्स सरकारले जनाएको छ।
अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)ले उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। “उहाँ हङकङबाट आइपुगेपछि महान्यायाधिवक्ताले पूर्वराष्ट्रपतिलाई मानवता विरुद्धको अपराधका लागि गिरफ्तारी वारेन्टका लागि आईसीसीको सूचना तामेल गर्नुभयो,” सरकारले भन्यो, “अहिले अधिकारीहरूको हिरासतमा हुनुहुन्छ।”
पूर्वराष्ट्रपतिको आकस्मिक गिरफ्तारीले विमानस्थलमा हंगामा मच्चिएको थियो। डुटेर्टेका सहयोगीहरूले गिरफ्तारीको चर्को स्वरमा विरोध गरेका थिए।
सरकारले ७९ वर्षीय पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो रहेको बताएको छ। २०११ नोभेम्बर १ देखि २०१९ मार्च १६ सम्म डुटेर्टे दक्षिणी शहर दावाओको मेयर रहेका बेला आईसीसीले उनीअन्तर्गत लागुऔषध हत्याहरूको अनुसन्धान थालेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
