स्थानीय भन्छन्, ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै शहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ।’
रामेछाप– मानिसहरू शहर पसेर गाउँ खाली हुँदै जाँदा त्यसको प्रभाव सांस्कृतिक सम्पदामा पर्न थालेको छ। गाउँमा मानिसहरू बस्न छाडेपछि ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण अभावमा खण्डहरमा हुन थालेका हुन्। सम्पदाको संरक्षणमा ध्यान नदिइए केही समयमै नष्ट भएर जाने अवस्था सिर्जना भएको छ।
गाउँमा मानिसहरू बस्न छाडेपछि बौद्ध धर्मावलम्बीले आफन्तको स्मरणमा बनाएका पुराना मानेहरू (छ्योर्तेन) नष्ट हुन लागेका सुनापति गाउँपालिका–४ बेथानका राजकुमार मैनाली बताउँछन्। वर्षौं पुराना यस्ता धार्मिक तथा सांस्कृतिक संरचना अहिले खण्डहरमा परिणत भएका उनले बताए।

“गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै शहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ,” उनले भने।
सुनापति गाउँपालिका–४ भ्वासामा रहेका यस्ता पुराना मानेहरू ढल्ने अवस्थामा पुगेका मैनालीले जानकारी दिए। “ती संरचना १५० वर्षभन्दा पनि अगाडि हुन्, संरक्षण हुन नसक्दा खण्डहर भएका छन्, कुनै पनि बेला माटोमा बिलाउने अवस्था छ,” उनले भने।

सुनापति–४ बेथानका अम्मरध्ज तामाङ धार्मिक र सांस्कृतिक सम्पदा जोगाउने विषय चुनौतीपूर्ण बन्दै गएको बताउँछन्। “ती सम्पदा बनाउनेका सन्तानहरू गाउँ छाडेर हिँडे, गाउँमा बस्नेले त्यसको संरक्षण गर्न सक्ने अवस्था छैन, यस्ता संस्कृति र सम्पदा स्थानीय सरकारले संरक्षण नगर्ने हो भने सबै नष्ट हुन्छन्, इतिहास नै मरेर जान्छ,” उनेले भने।
बेथाको मात्र होइन जिल्ला भरिकै अवस्था यस्तै छ। अहिले यस्तै ऐतिहासिक माने, छ्योर्तेन, मन्दिर, धारा, चौतारा, पँधेरा संरक्षणको पर्खाइमा छन्। संरक्षण नहुँदा नेपाली परम्पराको पहिचान दिने ती सम्पदा बिस्तारै लुप्त हुँदै गएका छन्। यसको संरक्षणमा स्थानीय सरकार र नागरिक समाजको ध्यान जान आवश्यक देखिएको स्थानीयको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
