मंगलबार नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर २७१९.२० को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो सात कारोबार दिनयता लगातार गिरावट देखिएको छ। गत हप्ता सोमबार देखिको नेप्से परिसूचकको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको हो।
नेप्सेका अनुसार मंगलबार परिसूचकमा १.१७ प्रतिशतको गिरावट आएको हो। यस दिन ३२.२१ अंकले घटेर नेप्से परिसूचक २७१९.२० को विन्दुमा कायम भएको छ।
विभिन्न ३०३ कम्पनीको एक करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री भयो। जसबाट आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि सोमबार आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा विकास बैंक समूहको उपसूचक १.९३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक २.४९ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ ०.७१, वित्त १.५७, होटल तथा पर्यटन १.१३, जलविद्युत् १.५१, लगानी १.८९, जीवन बीमा १.३०, लघुवित्त ०.८९, म्युचुअल फन्ड ०.१०, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा महालक्ष्मी विकास बैंक ९.९८, विन नेपाल लघुवित्त ८.८०, ज्योति विकास बैंक ३.३५ र सांग्रिला डेभेलपमेन्ट बैंकका लगानीकर्ताले ३.११ प्रतिशतले कमाएका छन्। त्यस्तै, नेस्डो समृद्ध लघुवित्त ६.६९, उन्नति सहकार्य लघुवित्त ५.३६, हिमालय पावर पार्टनर ४.७२, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ४.६८ र रिभर फल्स पावरका लगानीकर्ताले ४.५८ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ५८ करोड ६५ लाख १७ हजार ४४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको नौ लाख ९१ हजार ४४४ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
