पाकिस्तानी सशस्त्र समूह बलुच लिबरेसन आर्मीले ४०० भन्दा बढी यात्रु सवार रेललाई नियन्त्रणमा लिएको दाबी गरेको छ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा ४०० भन्दा बढी यात्रु सवार रेललाई सशस्त्र समूहले नियन्त्रणमा लिएको छ। पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई नियन्त्रणमा लिएको हो।
उक्त समूहले जारी गरेको विज्ञप्तिमा उनीहरूले दुर्गम सिब्बी जिल्लामा रेलवे ट्र्याकमा बम विस्फोट गराएर रेल आफ्नो नियन्त्रणमा लिएको दाबी गरिएको छ। “हामीले सिब्बी जिल्लामा रेलमा आक्रमण गर्नुअघि रेलवे ट्र्याक उडायौँ। रेल अब हाम्रो नियन्त्रणमा छ,” विज्ञप्तिमा भनिएको छ।
बलुच लिबरेसन आर्मीले रेलमा सवार यात्रुका साथै सुरक्षाकर्मी आफ्नो नियन्त्रणमा रहेको बताएका छन्। साथै उनीहरूले आफूहरूविरुद्ध कुनै कारबाही गरिए परिणाम गम्भीर हुने चेतावनी दिएका छन्।
नियन्त्रणमा लिनेक्रममा रेलमा भारी गोलीबारी भएको रिपोर्ट आएको बलुचिस्तान सरकारका प्रवक्तालाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ।
सशस्त्र समूहको आक्रमणबाट रेल चालकसहित तीन जना घाइते भएको जानकारी प्राप्त भएको पाकिस्तानी प्रहरीले बताएका छन्।
सरकारका प्रवक्ता शाहिद रिन्दले घटनास्थलमा सुरक्षा बल पठाइएको बताएको बीबीसीले जनाएको छ।
क्वेटाका एक वरिष्ठ रेलवे अधिकारी मुहम्मद काशिफले रेलमा ४०० देखि ५०० यात्रु रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
