मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका सहायक निरीक्षक (असई) वीरेन्द्र यादवको मृत्यु भएको छ।
जनकपुरधाम– मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) वीरेन्द्र यादवको मृत्यु भएको छ।
सिरहा नगरपालिका–२ सुखचैना स्थायी घर भएका ४५ वर्षीय यादवको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मधेश प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
उनका अनुसार सहायक निरीक्षक यादवको आइतबार पेट तथा छाती दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचारका लागि पठाइएको थियो। त्यसपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो।
यादवको दरबन्दी नेपाल प्रहरीको मधेश प्रदेश प्रहरी गणमा रहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
