साफ च्याम्पियनसिप : नेपालको समूहमा भारतसँगै श्रीलंका

भारतमा आयोजना हुने साफ यू१९ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन्। 

काठमाडौँ– भारतमा आयोजना हुने साफ यू१९ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन्। 

 काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रम सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो। 

नेपालको समूहमा भारतसँगै श्रीलंका छ।

त्यस्तै, समूह ‘ए’मा माल्दिभ्स, भुटान र साबिक विजेता बांग्लादेश छन्। यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन। 

भारतको अञ्चल प्रदेशमा हुने उक्त प्रतियोगिता अगामी मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ।