कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

काठमाडौँ– देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।