कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।
काठमाडौँ– संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले संसदीय दलको नेता छान्न बुधबार निर्वाचन गर्दै छ।
जसका लागि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुने संसदीय दलको नेता निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेदेले जानकारी दिए।
समितिको कार्यतालिका अनुसार आजै अपरान्हसम्ममा उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिने छ। उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुन लागेको हो।
दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्। कोइराला र थापालाई भने सहमति गरी एक जनाले मात्रै उम्मेदवारी दिन दबाब छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
