विद्यार्थीहरूमा बाह्य परीक्षा केन्द्रबाट परीक्षा लेख्ने बानीको विकास भएपछि उनीहरूमा लगनशीलता र आत्मबल बढ्ने भएकाले ‘होम सेन्टर’ नपर्ने गरी परीक्षा लिन लागिएको महानगरको भनाइ छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८१ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को वार्षिक परीक्षा चैत ७ गतेदेखि सञ्चालन गर्दैछ। फागुन २६ गते बसेको परीक्षा समितिको बैठकले ‘होम सेन्टर’ नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरेको छ।
विद्यार्थीको विशेष अवस्थालाई ध्यानमा राखेर केन्द्रीय बहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई सोही विद्यालयबाटै परीक्षा दिने गरी आवश्यक व्यवस्था मिलाइएको छ। परीक्षामा सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालयसमेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका १८ हजार २९४ जना विद्यार्थी सहभागी हुने महानगरले जनाएको छ। यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरू पनि समावेश हुँदैछन्।
कारागारभित्रका जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा भद्रगोल जेलभित्र छन्। यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउन यस वर्षदेखि संस्थागत विद्यालयहरूको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने गरी परीक्षा कार्यक्रम अगाडि बढाइएको महानगरले जनाएको छ। समितिले केन्द्राध्यक्ष खटनपटन, उत्तरपुस्तिका परीक्षणका लागि कोडिङ गर्ने जनशक्ति तथा परीक्षकको तयारी गरिरहेको छ।
अटिजम भएका विद्यार्थीको परीक्षा फाराम भरिरहेका छन्। यस्ता विद्यार्थीहरूलाई सहयोगी लेखक विद्यार्थी दिन सक्ने कानूनी व्यवस्था छैन। यसरी शिक्षा ऐन र नियमावलीले नचिनेका फरक सिकाइ भएका विद्यार्थीहरूको परीक्षा सम्बन्धित विद्यालयबाटै दिलाउने व्यवस्थाका लागि समितिको आउँदो बैठकमा प्रस्ताव पेश गर्ने तयारी गरिएको छ।
विद्यार्थीहरूमा बाह्य परीक्षा केन्द्रबाट परीक्षा लेख्ने बानीको विकास भएपछि उनीहरूमा लगनशीलता र आत्मबल बढ्ने सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा बताउँछन्।
"वास्तविक शैक्षिक उपलब्धिको न्यायोचित मूल्यांकन हुन्छ। कक्षा ९ र १० को शैक्षिक उपलब्धिका लागि प्रेरणा प्रदान हुन्छ। माध्यमिक शिक्षा उत्तीर्ण (एसइई) परीक्षामा नतिजा सुधारका लागि बानी विकास हुन्छ," झा भन्छन्, "सिकाइबाट वास्तविक र व्यवहारिक नतिजा प्रदान गर्न सरकारले तोकेको प्रणाली र मापदण्ड कार्यान्वयन गराएका छौँ। यसअनुसार कक्षा ३ सम्मका बालबालिकाहरूका लागि त्रैमासिक वा अन्तिम परीक्षा प्रणाली हटाएका छौँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
