नेपाली कांग्रेसका नेताले काठमाडौँको तार्केश्वरमा रहेको सरकारी जग्गा कब्जा गरेको आरोप लागेपछि कांग्रेसकै सांसदहरूले आपत्ति जनाएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका नेताले काठमाडौँको तार्केश्वरमा रहेको सरकारी जग्गा कब्जा गरेको आरोप लागेपछि कांग्रेसकै सांसदहरूले आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र सुमना श्रेष्ठले कांग्रेसका नेताले तारकेश्वर नगरपालिका ९ को लोकतान्त्रिक चोकमा रहेको जग्गा कब्जा गरेर भोगचलन गरेको आरोप लगाएका थिए।
“काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर नगरपालिका ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको कित्ता नम्बर ६२, ६३ जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिएर भोगचलन गर्दै आइरहेको र स्थानीय गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ,” सांसद खनालले भनेका थिए। उनले उक्त आरोप लगाए लगत्तै कांग्रेस सांसद राजेन्द्र बजगाईले आपत्ति जनाएका थिए।
फेरि सांसद सुमना श्रेष्ठले पनि शून्य समयमा बोल्ने क्रममा पनि तारकेश्वरमा सरकारको नाममा रहेको जग्गा कांग्रेसका नेताले कब्जा गरेर भोगचलन गरेको गुनासो आएको बताएकी थिइन्।
सांसद सुमनाले पनि उक्त विषय उठाएपछि कांग्रेसका सांसद राजेन्द्र केसी, सुशीला थिङ र राजेन्द्र बजगाईले आपत्ति जनाएका थिए। कांग्रेसका सांसदले आपत्ति जनाएर बोलिरहेपछि सभामुखले आशन ग्रहणका लागि आग्रह गरेका थिए। तर, कांग्रेसका सांसदले बोलिरहे।
“वादविवाद गरेर जाने होइन प्रकृयासंगत हिसाबले लैजानुपर्छ। बोल्ने सांसदले उत्तरदायी र जिम्मेवारी हिसाबले बोल्नुहुन्छ भन्ने मैले बुझेको छु,” सभामुखले भने, “तपाईंहरू आशन ग्रहण गर्नुस्।”
कांग्रेस सांसदहरूले शून्य समयमा बोलेको विषय रेकर्डबाट हटाउन माग गरेका थिए। उनीहरूले कांग्रेसले त्यस्तो नगर्ने भन्दै जसले गरेको उसको नाम सार्वजनिक गर्न भनेका थिए। केही समय वादविवाद भएपछि सभामुखले फेरि रुलिङ गरेका थिए। त्यसपछि कांग्रेस सांसदले आशन ग्रहण गरेपछि बैठक अघि बढेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
