नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ का किसानले परम्परागत खाद्यबाली छाडेर काँक्रोखेती गर्न थालेका छन्। उनीहरूलाई गाउँपालिकाले पनि सहयोग गरिरहेको छ।
मध्यविन्दु– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट–१ जुकेपानीका किसान काँक्रो टिप्न र बिक्री गर्नमा व्यस्त छन्।
कृषि पकेट क्षेत्रका रूपमा परिचित यो गाउँका हरेक किसानले व्यावसायिक रूपमा काँक्रोखेती गरेका छन्। काँक्रो बेचेर राम्रो आम्दानी भइरहेको स्थानीय ठिस्मा रानाले बताइन्। १२ हजार रुपैयाँ लगानी गरेर दुई वर्षअघि काँक्रोखेती थालेकी उनले पहिलो वर्ष खर्च कटाएर ६७ हजार आम्दानी गरेको सुनाइन्।
“एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रोमात्रै लगाउने गरेका छौँ”, उनले भनिन्। यसवर्ष उनले सात हजार रुपैयाँ लगानी गरेर रोपेकी छन्। हालसम्म ३३ हजार रुपैयाँको बिक्री भइसकेको उनले बताइन्। भनिन्, “आफैँले मेहेनत गरेर कमाउने भएपछि खुसी मिल्ने रैछ। ऋण खोज्न परेको छैन। परिवार पाल्न आम्दानीको स्रोत नै यही भएको छ।”
यहाँका किसानले वर्षमा तीन बालीसम्म काँक्रो लगाउँदै आएका छन्। “दुई कठ्ठामा लगाएको काँक्रोबाट खर्च कटाएर वर्षमा दुई लाख रुपैयाँ बच्ने गरेको छ”, अर्का किसान दिलमाया परियाले भनिन्, “यसरी गाउँमै आम्दानी लिन सकिने सोचाइ पहिल्यै आएको भए श्रीमान्लाई विदेश पठाउनुपर्ने थिएन। मेहेनत गर्ने हो भने विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी गर्न सकिने रहेछ।”
१५ कठ्ठामा काँक्रो लगाएका किसानले वर्षको छ लाखसम्म बचाउने गरेका छन्। यहाँ उत्पादित काँक्रो व्यपारीले खरिद गरी काठामाडौँ पठाउने गर्दछन्। किसान र व्यापारीबीच बिचौलिया नभए अझै राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन्। हुप्सेकोट गाउँपालिकाको वडा नं १, ३ र ४ वडामा काँक्रोखेती हुँदै आएको छ। दुई सय बिघा क्षेत्रफलमा समूह र व्यक्तिगत गरी किसानले काँक्रो लगाएका छन्।
समूह र व्यवसाय दर्ता गरी काँक्रोखेती लगाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ, प्याकेजिक प्लास्टिक, तौल काटा, डोरीलगायत सामग्री सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।
तरकारीजन्य वस्तुको बजारीकरणमा गाउँपालिकाले सहयोग गरिरहेको अध्यक्ष पाण्डेको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
