काठमाडौंका भित्री व्यस्त बजार असन, इन्द्रचोक, न्यूरोडलगायतका क्षेत्रमा यस वर्ष होलीको अपेक्षित व्यापार र चहलपहल नभएको व्यापारीहरू बताउँछन्।
काठमाडौँ– काठमाडौँका भित्री व्यस्त बजारहरू असन, इन्द्रचोक, न्यूरोडलगायतका क्षेत्रमा यस वर्ष होलीको अपेक्षित व्यापार र चहलपहल छैन। होलीका लुगाहरूसमेत बिक्री हुन सकेका छैनन्।
एक दशकअघि मात्र होलीको समयमा असन बजार रंगीन र चहलपहलले भरिएको हुन्थ्यो, तर यस वर्षको स्थिति भने अलि फरक देखिन्छ। आर्थिक मन्दी र बेरोजगारीको कारण व्यापारमा कमी आएको त्यहाँका व्यापारीहरू बताउँछन्। यसका साथै युवा जति बिदेसिँदा पनि व्यापार घटेको उनीहरूको भनाइ छ।

विगत २५ वर्षदेखि असनमा व्यापार गर्दै आएका कुष्ण श्रेष्ठका अनुसार होलीका रंग र अन्य सामान पहिले जस्तो महँगो छैनन् र पनि व्यापार कम छ।
"होलीको व्यापार मन्द छ। पहिलाको जस्तो यो वर्ष व्यापार छैन। धेरै युवा बिदेसिएको र होली पर्वलाई लक्षित गरेर सरकारले गरेको कडाइका कारण व्यापार घटेजस्तो लाग्छ। बेरोजगारी पनि मुख्य कारण हो," उनले भने। होलीमा प्रयोग हुने रङ, टिसर्टदेखि अन्य सामग्रीहरूमा कुनै मूल्य वृद्धि नभए पनि बिक्री निकै कम भएको उनले बताए।

यसैगरी मुन्नाकुमार जेसवाललाई समेत लगभग असनमै व्यापार गर्न थालेको पाँच वर्ष भइसक्यो। उनले पनि तीनचार वर्षयता व्यापार जति हुनुपर्थ्यो त्यति हुन नसकेको बताए। "तीनचार वर्षदेखि व्यापार घटिरहेको छ। होलसेलमा आएका होलीका लुगासमेत बिकेका छैनन्," उनले भने, "पोहोरको होलीमा व्यापार गर्दा दिनभरि भ्याइनभ्याइ थिए, तर यो वर्ष एकसयदेखि दुईसय पिस जति मात्र होलीका लुगाहरू बिकेका छन्।"

यसले गर्दा नेपाली उत्पादकहरूलाई पनि बिक्रीमा समस्या भइरहेको छ। यसैगरी अर्का असनकै व्यापारी रामु कुमार व्यापार घट्दै गएकामा चिन्तित छन्। उनी भन्छन्, "अहिलेको समयमा बजारमा मान्छे छैन। सबै विदेशतिर गएका छन् र त्यो पनि व्यापार घट्नुको कारण भएको छ।"
यस वर्ष होलीका लागि भनेर ल्याएका कुर्ता र टिसर्टहरू नेपाली बजारमा सामान्य मूल्यमा बिक्री भइरहेको छ। कुर्ताहरू ३९० रुपैयाँमा र टिसर्ट ४०० रुपैयाँमा बिक्री भइ रहेको छ। यद्यपि, भन्सार तिरेर भारतीय उत्पादन ल्याउनुपर्ने अवस्थाले व्यापारमा थप दबाब सिर्जना गरेको व्यापारीको गुनासो छ। –नेपाल न्यूज बैंक
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
