बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङमा पुरुषतर्फ पाँच र महिलातर्फ चार जना खेलाडी ग्रेड ‘ए’ मा परेका छन्।
काठमाडाैँ– नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ। बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङमा पुरुषतर्फ पाँच र महिलातर्फ चार जना खेलाडी ग्रेड ‘ए’ मा परेका छन्।
पुरुषतर्फ कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख ग्रेड ‘ए’ मा परेका छन्। गत वर्ष ग्रेड ‘ए’ मा परेका कुशल भुर्तेल र करण केसी भने यसपटक ग्रेड ‘बी’ मा झरेका छन्। ग्रेड ‘बी’ मा उनीहरूसहित गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह गरी पाँच जना रहेका छन्।
यस्तै, ग्रेड ‘सी’ मा भीम सार्की, आरिफ शेख, कुशल मल्ल र सन्दीप जोरा रहेका छन्। भीम आरिफ र कुशल अघिल्लो वर्ष ‘बी’ ग्रेडमा थिए।
यस्तै, ग्रेड ‘डी’ मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तमाङ, रिजन ढकाल, देव खनाल, प्रतिश जिसी, बसिर अहमद, अविनाश बोहरा र मयन यादव रहेका छन्।
त्यस्तै, यसपालि इमर्जिङ श्रेणीमा अर्जुन घर्ती, हेमन्त धामी, दीपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल र शुभ कंसकार र सन्तोष यादवले मौका पाएका छन्। क्यानका अनुसार यसपालि पनि पुरुषतर्फ ग्रेड ‘ए’ का खेलाडीले १ लाख, ग्रेड ‘बी’ले ७० हजार, ग्रेड ‘सी’ काले ५५ हजार, ग्रेड ‘डी’काले ३५ हजार तथा इमिर्जिङ तर्फका खेलाडीले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक पाउने छन्।
महिलातर्फ ग्रेड ‘ए’ कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रुबिना क्षेत्री, पूर्वउपकप्तान सीताराना मगर र यू–१९ कप्तान पूजा महतो रहेका छन्। गत वर्ष पूजा ग्रेड ‘सी’ मा थिइन्। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई ग्रेड ‘ए’ मा राखिएको हो।
यस्तै, क्यानले ग्रेडमा ‘बी’मा कविता जोशी र ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्कालाई राखेको छ। ग्रेड ‘डी’ मा विन्दु रावल, रोमा थापा, ईश्वरी विष्ट, एलिसा यादव, साना प्रवीन, रिया शर्मा, सिमाना केसी, सावित्रा धामी, कृष्मा गुरुङ, ज्योत्स्निका मरासिनी, रचना चौधरी र मनीषा उपाध्यायले मौका पाएका छन्।
क्यानका अनुसार ग्रेड ‘ए’ मा पर्ने महिला खेलाडीले ५० हजार, ग्रेड ‘बी’ले ३५ हजार, ‘सी’ ग्रेडका खेलाडीले २५ हजार र ‘डी’ ग्रेडका खेलाडीले मासिक २० हजार रुपैयाँ पारिश्रमिक पाउने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
