युरोपेली संघले अमेरिकामाथि प्रतिशोधात्मक कर लगाउने

युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने जनाएको छ।

युरोपेली संघ (ईयू) ले अमेरिकी सामानहरूमा पनि बदलास्वरूप कर लगाउने बताएको छ।

युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने बताएको छ।

"हामी अर्थपूर्ण वार्तामा संलग्न हुन तयार छौँ। मैले व्यापार आयुक्त मारोस सेकोभिकलाई राम्रो समाधान खोज्न संयुक्त राज्य अमेरिकासँगको हाम्रो वार्ता पुनः शुरू गर्ने जिम्मेवारी दिएकी छु," ईयू अध्यक्ष उर्सुला भोन डेर लेयनले एक विज्ञप्तिमा भनिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत करवृद्धिको घोषणा गरेका थिए। यसलाई संयुक्त राज्य अमेरिका र यसका मुख्य व्यापारिक साझेदारहरू बीचको व्यापार युद्धको नयाँ चरण मानिएको छ।

ईयू अध्यक्ष लेयनले भनिन्, "शुल्क भनेको कर हो। शुल्क व्यवसायको लागि हानिकारक हुन्छ, उपभोक्ताहरूको लागि अझ खराब हुन्छ। यी शुल्कहरूले आपूर्ति शृङ्खलालाई बाधा पुर्‍याइरहेका छन्। शुल्कले अर्थतन्त्रमा अनिश्चितता ल्याउँछ।"

ईयूले उपभोक्ता र व्यवसायको सुरक्षा गर्न कदम चाल्नुपर्ने उनको भनाइ छ। आज ईयूले लिइरहेका प्रतिरोधात्मक उपायहरू कठिन भए पनि उपयुक्त भएको उनले बताइन्।