पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासमेत हुनेछ। अन्य प्रदेशका पहाडी भूभागमा पनि हल्का वर्षाको सम्भावना छ।

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।