बुधबार साँझ भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो।
मोरङ– विराटनगरको शहीद रंगशालामा सम्पन्न रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ।
बुधबार साँझ भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो।
थ्री स्टारको जितमा खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र दीपेश घलेले ६३ मिनेटमा गोल गरे। श्रेष्ठले बेस्ट प्लेयर अफ टुर्नामेन्ट घोषित भई ५१ हजार रुपैयाँ प्राप्त गरे। सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीले म्यान अफ प्लेयरबापत ११ हजार रुपैयाँ प्राप्त गरे।
विजेता टोली थ्री स्टारले नगद ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।
विराट गोल्डकप ट्रस्टले आयोजना गरेको रात्रिकालीन प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
