रियल मड्रिड र आर्सनल च्याम्पियन्स लिगको अन्तिम आठमा

पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेगको खेल शुरू भएको २७ सेकेन्डमा गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे।

काठमाडौँ– पेनाल्टी सुटआउटमा एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको छ। 

दुवै लेगको खेल समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टीमा रियल ४–२ ले विजयी भएको हो। 

पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। बुधबार राति एट्लेटिकोको घरेलु मैदानमा दोस्रो लेगको खेल शुरू भएको २७ सेकेन्डमा कोनर गालाघरले गोल गर्दै समग्र स्कोर बराबरी गरेका थिए।

यसैगरी, आर्सनल, एस्टोन भिल्ला र डर्टमन्ड पनि क्वार्टरफाइनलमा पुगेका छन्। आर्सनलले पीएसभी आइन्डहोभेनविरुद्ध समग्रमा ९-३ को अग्रतासहित अन्तिम आठमा पुग्यो। अब क्वार्टरफाइनलमा आर्सनल र रियल भिड्नेछन्।  

एस्टन भिल्लाले क्लब ब्रुगलाई ३-० ले हराउँदै क्वार्टरफाइनलमा पीएसजीसँगको भेट पक्का गर्‍यो। बोरुसिया डर्टमन्ड लिललाई २-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो।