शेखर र गगनबीच सहमति जुटाउन संस्थापनइतर समूहको बैठक जारी

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो दुईदेखि तीनबजेसम्मको समय तोकिएको छ।

काठमाडौँ– संसदीय दलको नेतामा सर्वसम्मत उम्मेदवार उठाउन कांग्रेसको संस्थापनइतर समूहलाई सकस परेको छ।

मनोनयन दर्ताको समय नजिकिँदै गएपछि नेताहरूले छलफल तीव्र पारेका छन्। महामन्त्री गगन थापा र नेता डा. शेखर कोइराला दुवैले दाबी नछाडेपछि सहमति हुन नसकेको हो। 

अहिले लाजिम्पाटस्थित एक होटलमा सो समूहको बैठक बसिरहेको छ। बिहान महामन्त्री थापाले नेता कोइरालालाई भेटेका थिए। त्यसपछि थापा लाजिम्पाट पुगेपनि कोइराला भने पुगेका छैनन्।

यसअघि सोमबार भएको छलफलमा सहमति गरेर एकजना मात्रै उम्मेदवार हुन सांसदले दबाब दिएका थिए। मनोनयन दर्ताका लागि मंगलबार दिउँसो दुईदेखि तीन बजेसम्म समय तोकिएको छ।