करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ। छिट्टै कतार र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना उनले सुनाए।
काठमाडौँ– चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको बहाना पनि हो। त्यसैले हिजोआज जताततै विभिन्न ‘ब्रान्ड’मा चियापसल खुलेका छन् र ती पसलमा मानिस झुम्मिएकै देखिन्छन्। नेपालीका लागि चिया संस्कृति नयाँ भने होइन। बयस्कदेखि वृद्ध अवस्थाकाले पनि चियाको चुस्की लिन्छन्। चियाले न भोक मेट्छ न पोषण दिन्छ तर सम्बन्धहरू न्यानो बनाइराख्छ भनेर विश्लेषण गर्नेहरू पनि छन्। त्यसैले चियालाई थकाइ मार्ने, तलतल मेट्ने, तनाव कम गर्ने अर्थात् ‘फ्रेस’ हुने कडीका रूपमा समेत अर्थ्याउने चलन छ।
त्यसैले शहरबजारमा बग्रेल्ती चियाका ब्रान्ड खुलेका छन्। चियावाला, चिया चौतारी, चियासंसार, मड्का चिया आदि। यिनै मध्येको एक हो ‘पोखरेल मट्का चिया’। राजेश शर्मा (पोखरेल दाइ) ले विगत एक वर्षदेखि परम्परागत चियापसललाई फरक शैलीमा नयाँ ब्रान्डका रूपमा स्थापित गरेका छन्। सिंहदरबारको पूर्वीगेट अनामनगरमा रहेको यो पसल त्यहाँ पुग्नेहरूको रोजाइमा पर्न थालेको छ। मड्का मात्रै होइन १९ थरीका चियाको चुस्कीको स्वाद पाइने भएकाले यहाँ ग्राहकको भीड लाग्ने गरेको छ। नेतादेखि कलाकार, वकिल पत्रकार तथा चियाका पारखीहरूका माझ यो पसल चर्चाको विषय बन्ने गरेको छ।
काठमाडौँ महानगरपालिका–२९ का वडासचिव शम्भु बरालका अनुसार वडाभित्र १०० हाराहारी चिया पसल खुलेका छन्। तीमध्ये कतिपय ‘चिया पसल’ भनेर दर्ता छन् भने धेरैजसो बेकरी, खाजाघर आदि नामले सञ्चालनमा छन्। पछिल्लो समय चिया व्यवसायमा आकर्षण बढेको र विभिन्न ब्रान्डका चिया पसल खुल्नेक्रम जारी रहेको उनले बताए।
पुर्ख्यौली घर स्याङ्जा भएका पोखरेलले चियाको यो ‘ब्रान्ड’ स्थापित गर्नु पछाडिको संघर्ष लामो छ। १३ वर्षको उमेरदेखि पेसा व्यवसाय गरेका उनले २०५७ सालमा अनामनगरमा चिया पसल शुरू गरेका थिए। त्यसअघि नवलपरासीमा गण्डकी गेस्ट हाउस, किराना पसल र पान पसल पनि सञ्चालन गरे। त्यसपछि उहाँ चिया पसलमा जोडिए तर त्यसबाट फाइदा नभएपछि रोजगारीका लागि युरोपका विभिन्न देशमा भौँतारिए। “युरोपमा साथीभाइको व्यापार–व्यवसायमा जोडिने भनेर विदेश गएँ, विदेश र नेपालको लगानीको तुलना गरे। विदेशमा जोखिम देखेँ,” उनले भने। डेनमार्क, बेल्जियम, पोर्चुगल, नेदरल्यान्डमा चियाको नयाँ तौरतरिका सिक्ने अवसर पाए र त्यही सीपलाई एक वर्षदेखि नेपालमै चियाको नयाँ ब्रान्डका रूपमा स्थापित गरिरहेका छन्।
चियाका पारखीको ध्यान खिच्न पोखरेलले चिया पसल र सामाजिक सञ्जालमा विभिन्न नारा पोस्ट गर्छन्। ‘चियामा रोइलो होइन रमाइलो गरौँ। एक कप हजार खुशी, पोखरेल चिया तपाईंको सन्तुष्टि’ यी र यस्ता सांकेतिक नाराले पनि पोखरेल मट्का चिया अनामनगरमा अरूभन्दा भिन्न छ।
१९ थरीका चिया
पोखरेल मट्का चियामा १९ प्रकारका मसलाको फरक स्वाद पाउन सकिन्छ। “दूधजन्य १९ थरी र पानीजन्य अरू फरक चिया पनि पाइन्छ, लालीगुराँस, लेमनग्रासलगायत मागअनुसारका चिया दिने गरेका छौँ,” पोखरेलले भने। फरक–फरक मसलाको सम्मिश्रण, त्यसैले उनी एउटा कपको २५ देखि १३०
अनामनगर क्षेत्रका मात्र नभई कालीमाटी, स्वयम्भू, पेप्सीकोला, बालाजु, पुतलीसडकलगायत स्थानबाट ग्राहकहरू आफूकहाँ आउने गरेको उनले बताए। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका नेता ठाकुर गैरेलगायत नेताहरूले बेलामौकामा आफ्नो चिया पिउने गरेको उनले सुनाए। शर्माले यसैबाट परिवारको खर्च राम्रोसँग चलेको र पाँच जनालाई रोजगारी दिएको बताए।
करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन गरिएको पोखरेलको मट्का चियाको ‘चेन’ पनि विस्तार हुँदैछ। छिट्टै कतार र काठमाडौँका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। विगत २५ वर्षदेखि चिया बेच्दै आएका शर्माले अरू शाखामा अरबी, इरानी, गुलाफलगायत १० थरी चियाको स्वाद चखाउने योजना बनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
