बैंक भएको ठाउँबाट खोस्रेर निकालिएको माटो घरमा राख्दा जीवनमा समृद्धि र सौभाग्य छाउने दाबी गर्दै चिनियाँ अनलाइन बजारमा यस्तो माटो बिक्री भइरहेको छ।
काठमाडौँ– बैंक लुटेरै भए पनि धनी बन्ने उपाय पुरानो भइसक्यो। यसो गर्नु अपराध पनि हो, जेल परिन्छ। त्यसैले चिनियाँ अनलाइन व्यापारीले नयाँ उपाय फुराएः अब बैंक लुट्ने होइन बैंक वरपरको माटो बेच्नुपर्छ।
कुनै पनि तरिकाले धनी हुन आतुर चिनियाँहरू यतिबेला धन कमाउने बुटी/जन्तरका रूपमा अनलाइनमा ‘बैंकको माटो’ बेचिरहेका छन्। यसका लागि पनि उनीहरूले चोरी गर्न भने छाडेका छैनन्। तर यो चोरी नगद र गरगहना नभई माटो चोरी हो। बैंकभित्र बोटबिरुवा रोपिएका गमलाबाट वा बैंकको आँगन वरपर खाली ठाउँबाट खोस्रेर माटो चोर्ने गरेका छन् र त्यही माटोलाई समृद्धि र सौभाग्यको प्रतीक दाबी गर्दै अनलाइनमा बिक्री गरिरहेका छन्।
विभिन्न बैंकबाहिरका खाली ठाउँबाट माटो खनेर साना झोलाहरूमा भर्ने मानिसहरूका क्लिप महिनौंदेखि अनलाइनमा प्रसारित भइरहेका छन्। तर उनीहरूलाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोप लाग्नुबाहेक अरू केही जोखिम छैन। प्रतिझोला ८८८ युआन (१२० अमेरिकी डलर) सम्म तोकिएको यसको माग असामान्य ढंगले बढिरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
केही बिक्रेताहरूले त यो माटो घरमा राख्दा जीवनमा ९९.९९ प्रतिशत समृद्धि छाउने ग्यारेन्टी नै गर्न थालेका छन्। उनीहरूले उक्त माटोको प्रामाणीकताको ग्यारेन्टी गर्न कुन बैंकबाट लिइएको हो भनेर रेकर्डसमेत गर्छन्।
एउटा वेबसाइटले आफूले बेचेको माटो पाँच प्रमुख बैंकहरू, बैंक अफ चाइना, इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना, एग्रिकल्चरल बैंक अफ चाइना, चाइना कन्स्ट्रक्सन बैंक र बैंक अफ कम्युनिकेसनबाट संकलन गरिएको दाबी गरेको छ। उक्त माटोमा जोकसैलाई धनी बनाउने शक्ति रहेको बताइएको छ।
“यो माटो पाँच प्रमुख बैंकहरूबाट संकलन गरिन्छ र यसले सम्पत्ति बढाउने र खराब ऊर्जालाई नष्ट गर्ने विश्वास गरिन्छ, यद्यपि हामी यसलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न सक्दैनौँ,” एक बिक्री प्रतिनिधिले साउथ चाइना मर्निङ पोस्टलाई भने, “रातको समय पारेर बैंकहरूको अगाडिको हरियो ठाउँबाट माटो संकलन गरिन्छ, केवल एउटा विशिष्ट वित्तीय आउटलेटबाट होइन।”
चिनियाँ सामाजिक सञ्जालमा यो प्रवृत्तिको खिल्ली पनि उडाइएको छ। तर धेरै साइटहरूबाट बैंकको माटो बिक्री भइरहेको तथ्यले यसको लागि पर्याप्त ठूलो बजार छ भन्ने प्रमाणित गर्छ। एक अज्ञात क्रेताले रेड स्टार न्युजसँग कुराकानी गर्दै आफू एक व्यवसायी भएको र यस बुटी (माटो)ले आफ्नो व्यवसायलाई अझ नाफा कमाउनमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले आफ्ना धेरै साथीहरूले पनि यस्तो माटो किनेर राखेका बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
