प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।
कालीकोट– खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ।
बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो। खुकुरी प्रहारबाट उनको मृत्यु भएको हो।
दुई समूहबीच झगडामा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्। यो घटना सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा भएको हो।
बिहीबार बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए। “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उनले भने, “पक्राउ परेका पाँचै जना १८ वर्षमुनिका छन्।”
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
