पाकिस्तानी अधिकारीले पृथकतावादी बन्दुकधारीद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन्।
पाकिस्तानी अधिकारीले पृथकतावादी बन्दुकधारीद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन्। सुरक्षा बलका अनुसार बुधबार राति समाप्त भएको दुई दिने उद्धार अभियानमा तीन सय ४० भन्दा बढी रेल यात्रुलाई मुक्त गरिएको थियो।
पृथकतावादी समूहले दक्षिणपश्चिमी बलुचिस्तानको पहाडी क्षेत्रमा रेलमार्गमा बम विस्फोट गरेर ४५० भन्दा बढी यात्रु बोकेको रेलमा आक्रमण गरेको थियो।
अफगानिस्तान र इरानसँगको सीमानजिकै बलुचिस्तानमा बाहिरी मानिसले प्राकृतिक स्रोत लुटेको आरोप लगाउने धेरै पृथकतावादी समूहमध्ये एक बलुच लिबरेसन आर्मी (बिएलए) ले उक्त आक्रमणको जिम्मा लिएको थियो।
मृतकको संख्या भने फरक–फरक आएको छ। सेनाले आधिकारिक वक्तव्यमा विद्रोहीबाट ‘२१ निर्दोष बन्धक’ मारिएको र उद्धार अभियानमा चार सैनिक मारिएका बताएको थियो।
बलुचिस्तानका एक रेलवे अधिकारीले बिहीबार बिहान २५ जनाको शव बन्धकस्थलबाट नजिकैको मच शहरमा रेलबाट लगिएको बताए। “मृतक १९ जना सैन्य यात्रु, एक प्रहरी र एक जना रेलवे अधिकारीका रूपमा पहिचान गरिएको छ भने चार जनाको शव अझै पहिचान हुन सकेको छैन,” ती अधिकारीले बताए। अपरेसनको निरीक्षण गर्ने एक वरिष्ठ स्थानीय सैन्य अधिकारीले विवरणको पुष्टि गरे।
एक सैन्य अधिकारीले मृतक सैनिकको संख्या यसअघि बन्धक बनाइएका २७ जना ड्युटी बाहिर रहेकासहित २८ रहेको बताएका थिए।
घेराबन्दीबाट भागेका यात्रुले सुरक्षामा पुग्न दुर्गम पहाड हुँदै घण्टौँ हिँडेपछि विद्रोहीले मानिसलाई गोली हानेर मारेको देखेको बताए। पहिलो अन्त्येष्टि बिहीबार हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले पनि बलुचिस्तान भ्रमण गर्ने अपेक्षा गरिएको उहाँको कार्यालयले जनाएको छ। “प्रधानमन्त्रीले अपरेसनका क्रममा सुरक्षाकर्मी र रेल यात्रुहरूको शहादतमा दुःख र शोक व्यक्त गर्नुभयो”, कार्यालयले विज्ञप्तिमा भनेको छ।
बीएलएले रेलमा आक्रमण गर्नका लागि पहाडमा लुकेका ठाउँबाट दर्जनौँ विद्रोही निस्किएपछि ट्र्याकमा भएको विस्फोटको भिडियो जारी गरेको छ। प्रायः सुरक्षा बल र प्रान्त बाहिरका जातीय समूहलाई लक्षित गर्दै विगत केही वर्षमा पृथकतावादी समूहद्वारा आक्रमण बढेका छन्।
सुरक्षा बलले गरिब बलुचिस्तानमा दशकौँदेखि विद्रोहसँग लडिरहेका छन्। तर स्वतन्त्र सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२३ को तुलनामा गत वर्ष प्रान्तमा हिंसामा वृद्धि भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
