होली खेल्न वसन्तपुर पुगेकाहरूलाई वासस्थान फर्किने हतारो (तस्वीरहरू)

होली खेल्न वसन्तपुर दरबार क्षेत्र आएका सर्वसाधारणको वासस्थान फर्किनका लागि बस तथा माइक्रो बसलगायत सार्वजनिक सवारीसाधन चढ्नका लागि सुन्धारा क्षेत्रमा भीड लागेको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँ उपत्यकासहितका पहाडी तथा हिमाली जिल्लामा बिहीबार रङहरूको पर्व होली खेलिँदै छ। आपसमा रङ दलेर खुशी साटासाट गर्दै उल्लाससाथ होली मनाइने गरिन्छ। यस दिन होली खेलेर मनोरञ्जन लिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारणहरू काठमाडौँको वसन्तपुरमा पुग्ने गर्छन्। होली खेल्न जम्मा भएका सर्वसाधारणका कारण अहिले जमल, त्रिचन्द्र कलेज, भद्रकाली, सुन्धारा लगायत क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ। होली खेल्न वसन्तपुर दरबार क्षेत्र आएका सर्वसाधारणको वासस्थान फर्किनका लागि बस तथा माइक्रो बसलगायत सार्वजनिक सवारीसाधन चढ्नका लागि सुन्धारा क्षेत्रमा भीड लागेको छ। हेर्नुहोस् तस्वीरहरू :