चार देशीय टी२० क्रिकेट शृंखलामा नेपाल युगान्डासँग ४० रनले पराजित भएको छ।
काठमाडौँ– चार देशीय टी२० आई क्रिकेट शृंखलामा नेपाल घरेलु टोली युगान्डासँग पराजित भएको छ।
बिहीबारको खेलमा नेपाल युगान्डासँग ४० रनले पराजित भएको हो। यससँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ। यसअघि नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको थियो।
युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा अलआउट हुँदै ५१ रन मात्र बनाउन सक्यो।
कविता जोशीले बनाएको व्यक्तिगत १२ रन नै नेपालका लागि सर्वाधिक ठूलो स्कोर रह्यो। त्यस्तै, इन्दु बर्माले ११ रन बनाइन्।
अरू खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्। पाँच जना खेलाडी कुनै पनि रन जोड्न सकेनन्।
बलिङतर्फ युगान्डाका लागि इमाकुलेट नाकिसुयीले र इरेने मुटनीले ३/३ विकेट लिँदा जानेत माबाजी र कोन्सी लेटको नाममा समान १/१ विकेट रह्यो।
यसअघि युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको युगान्डाले ५ विकेटको क्षतिमा ९१ रन बनायो।
युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन्। इस्थर इलोकुले २२ रन जोड्दा स्टेफानी नाम्पिनाका नाममा १३ रन रह्यो।
नेपालका लागि रिया शर्माले २ विकेट लिँदा पूजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १/१ विकेट लिए।
युगान्डामा जारी प्रतियोतामा अहिलेसम्म पाँच खेल खेलेको नेपाल चार खेलमा पराजित भएको छ।
नेपालले युगान्डासँग १, नामिबियासँग २ र हङकङसँग १ गरेर बाँकी चार खेलमा पराजय बेहोरेको हो।
अब नेपालले लिग चरणको १ खेल हङकङसँग खेल्न बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
