यस्तो छ शुक्रबारको माैसम पूर्वानुमान

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडाैँ– हाल देशमा पश्चिमी वायुको साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। यसले गर्दा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार (आज) दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।