भारतमा जन्मेर पनि नेपाली साहित्यमा योगदान पुर्याएका क्षेत्रीको पहिलो उपन्यास बसाइँ निकै चर्चित कृति हो।
काठमाडाैँ– नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ। भारतको गुवाहाटीस्थित आफ्नै निवासमा बिहीबार राति सवा दश बजेतिर निधन भएको नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले बताए।
"उहाँको निधन भएको समाचारले समग्र नेपाली साहित्य समाज र गोर्खा जातिमा शोकको परिवेश छ," बरालले फेसबुकमा लेखेका छन्।
साहित्यकार क्षेत्रीको जन्म सन् १९३३ मार्च १ मा भारत असामको गुवाहाटीमा भएको थियो। भारतमा जन्मेर पनि नेपाली साहित्यमा योगदान पुर्याएका क्षेत्रीको पहिलो उपन्यास बसाइँ निकै चर्चित कृति हो। नेपालको शैक्षिक पाठ्यक्रममै पढाइ हुने गरेको बसाइँ उपन्यास सन् १९५७ मा प्रकाशित भएको थियो। यसबाहेक उनका अतृप्त, ब्रह्मपुत्रको छेउछाउ र प्रतिध्वनिहरू विस्मृतिका उपन्यास प्रकाशित छन्। यसका साथै उनका आधा दर्जन निबन्ध, केही नाटक र कथा कृतिहरू पनि प्रकाशित छन्।
असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका लीलबहादुर क्षत्रीको पढाइ बांग्ला, नेपाली र अंग्रेजी माध्यममा भएको थियो। उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गरे। माध्यमिक विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका छत्रीको पहिलो प्रकाशित कृति शिवस्तुति थियो, जुन १६ वर्षको उमेरमै छापिएको थियो।
क्षेत्री पूर्वोत्तर भारतबाट अकादमी पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली साहित्यकार हुन्। रुद्र बराल लेख्छन्, "सन् १९८७ मा साहित्य अकादमी नेपाली साहित्य उपन्यासतर्फ मोडियो र नाटकका अतिरिक्त उनको सिर्जनशील प्रतिभा निबन्ध, समालोचना आदि साहित्यका सबै विधा चहार्न पुग्यो। तर पनि आख्यानकारकै रूपमा चर्चित र पुरस्कृत पनि भए।"
सात दशक लामो साहित्ययात्रामा उनले धेरै सम्मान र पुरस्कार प्राप्त गरेका छन्। नेपालबाट जगदम्बाश्री अन्तर्राष्ट्रिय पुरस्कार(२०१६), बसुन्धराश्री पुरस्कार(२०१६) लगायत पुरस्कार र सम्मान प्राप्त गरेका छन्।
यसका साथै शिक्षा र साहित्य क्षेत्रमा गरेको योगदानका निम्ति भारत सरकारले सन् २०२० मा उनलाई प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो। त्यसअघि उनले १९८७ मा 'ब्रह्मपुत्रको छेउछाउ' कृतिका लागि प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
