अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा ईयूले प्रतिशोधात्मक कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा पनि २०० प्रतिशत करवृद्धिको घोषणा गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली संघ (ईयू)बाट लगाइएको करको बदलामा ईयू मुलुकबाट आयात हुने वाइन, स्याम्पेन र अन्य मदिराजन्य पदार्थमा २०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्।
ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तराष्ट्रिय प्रतिस्पर्धी र साझेदार मुलुकसमेत विरुद्ध व्यापार युद्ध शुरू गरेका छन्। व्यापार र अन्य नीतिगत मुद्दाहरूमा देशहरूलाई दबाब दिने उपकरणको रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आएका छन्।
ईयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि २६ अर्ब युरो बराबरको अमेरिकी सामानमा कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा नयाँ करवृद्धिको घोषणा गरेका हुन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा बिहीबार लेखेका छन्, “यदि यो कर वृद्धि तत्काल हटाइएन भने अमेरिकाले चाँडै नै फ्रान्स र अन्य ईयूको प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै वाइन, शैम्पेन र मदिराजन्य उत्पादनमा २०० प्रतिशत कर लगाउनेछ।”
ट्रम्पले अमेरिकी ह्विस्कीमा लगाइएको ५० प्रतिशत करलाई भने अनुचित भन्दै ईयूको कडा आलोचना गरेका छन्। साथै उनले ईयू राष्ट्रलाई ‘विश्वको सबैभन्दा शत्रुतापूर्ण र अपमानजनक कर लगाउने र राजश्व उठाउने मुलुकहरूमध्ये एक’ को संज्ञा दिएका छन्। “संयुक्त राज्य अमेरिकाबाट फाइदा लिने एकमात्र उद्देश्यको लागि ईयूको गठन भएको थियो,” यो वाक्य उनी दोहोर्याउँदै आएका छन्।
ट्रम्पको पछिल्लो घोषणापछि फ्रान्सले वाइन र मदिराजन्य सामानमा लगाइएको कुनै पनि करको प्रतिकार गर्ने बताएको छ। विदेश व्यापार मन्त्री लोरेन्ट सेन्ट मार्टिनले भने, “हामी चेतावनीको अगाडि झुक्ने छैनौँ। फ्रान्स ‘प्रतिकार गर्न कटिबद्ध’ रहेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
