हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ।
काठमाडौँ– युगान्डामा जारी चार देश सम्मिलित वुमन्स डे टी–२० कप क्रिकेट शृंखलामा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन्।
एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगान्डा र नामिबियाबीच खेल हुनेछ। नेपालको खेल दिउँसो पौने १ बजेदेखि शुरू हुनेछ।
आजको लागि नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन्।
हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ। नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ।
नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगान्डा, नामिबिया र हङकङको समान ६ अंक छ। आजको खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ। नेपालले समूहमा तेस्रो भएको टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ।
शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगान्डालाई हराउँदा तेस्रो खेलमा हङकङ, चौथो खेलमा नामिबिया र पाँचाै खेलमा युगान्डासँग पराजित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
