टी२० शृंखलामा नेपालसँग हङकङ ६ विकेटले पराजित

महिला टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। 

काठमाडौँ– युगान्डामा जारी महिला टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। 

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भएको खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो। नेपालले १०५ रनको विजयी लक्ष्य १९.३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्‍यो। 

नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन्। उनले ४३ बल खेल्ने क्रममा ३ चौका प्रहार गरिन्। यस्तै, पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाए। 

बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले १/१ विकेट लिए। 

यसअघि हङकङ लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन्। उनले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरिन्।  त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन्। 

बलिङतर्फ नेपालकी राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पूजा महतो र ईश्वरी विष्टले १/१ विकेट लिए।