मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलंगवा–४ मा एम्बुलेन्सलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सर्लाही– मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलंगवा–४ मा एम्बुलेन्सलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार राति गम्हरियाबाट मलंगवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए।
घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सीतामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए।
एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नम्बर खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच शुक्रबार मनाइँदै गरेको होली पर्वलाई लिएर विशेष सुरक्षा सतर्कता अपनाइएको सर्लाहीका प्रहरी उपरीक्षक रविहन्द्रबहादुर सिंहले जानकारी दिए।
मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन अपिल गर्दै उनले नियमको उल्लंघन गर्नेलाई कारबाहीको लागि ठाउँ–ठाउँमा प्रहरी टोली जाँचका साथै मोबाइल गस्ती टोली खटाइएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
