मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा ५ रुपैयाँ र टपरीको प्रतिगोटा ८ रुपैयाँ निर्धारण गरिएको छ।
खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन शुरू गरिएको छ। बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न थालेका हुन्।
प्लास्टिकजन्य वस्तुले फोहोर बढैको र वातावरणमा प्रतिकूल असर गरिरहेको भन्दै त्यसलाई विस्थापित गर्न सालको पातबाट दुना–टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले उद्योग स्थापना गरेको सञ्चालक राईले बताए। मेसिनमार्फत उत्पादन गरिएको दुनाको मूल्य प्रतिगोटा ५ रुपैयाँ र टपरीको प्रतिगोटा ८ रुपैयाँ निर्धारण गरिएको छ।
यसले निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत खुलेको छ। “सालको पातबाट बनाइने दुना–टपरीको कारण सालको पातसमेत सदुपयोग भएको छ, जंगलबाट टिपेर ल्याएको सालको पातलाई प्रतिमुठा ३५ रुपैयाँदेखि ६० रुपैयाँसम्ममा खरिद गर्दै आएको छु,” उनले भने, “जंगलमा खेर गइरहेका सालका पातलाई उपयोग गर्ने काम शुरू भएको छ। यसले स्थानीयलाई रोजगारीको अवसरसमेत दिलाइएको छ।”
गाउँमा हुने बिहे, भोज–भतेर तथा पूजापाठमा दुना–टपरी प्रयोग एवं त्यसमा राखेर खाने परम्परा लोप हुनै लागेकाले पनि मेसिनमार्फत व्यावसायिक रूपमा बनाउन सुरू गरिएको सञ्चालक राईले बताए। बाम्राङमा उत्पादित दुना–टपरी गाउँमा हुने पूजापाठ, विवाह तथा व्रतबन्धका साथै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको छ। दुना–टपरी उद्योग सञ्चालन भएपछि उपभोक्तालाई समेत सहज भएको छ।
उता, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा पनि दुना–टपरी उद्योग सञ्चालनमा आएको छ। त्रिधार्मिकस्थल हलेसी दर्शन गर्न आउने दर्शनार्थीलाई लक्षित गर्दै नगरपालिकाले दुना–टपरी उद्योग सञ्चालन गरेको हो।
च्यास्मिटार कृषि महिला सहकारी संस्थामार्फत सञ्चालित उद्योगमा उत्पादित दुना प्रतिगोटा ५ रुपैयाँ र टपरी प्रतिगोटा १० रुपैयाँमा बिक्री शुरू गरिएको छ। सहकारी संस्थामा आबद्ध महिलालाई सात दिनको तालिम दिएर दुना–टपरी उद्योग सञ्चालनमा ल्याइएको नगरप्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले अर्खौलेमा पनि दुना–टपरी उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसीमा दर्शन तथा पूजापाठ गर्न आउने भक्तजनलाई अनिवार्य स्थानीयस्तरमा उत्पादित दुना–टपरीमात्र प्रयोग गर्ने/गराउने लक्ष्य रहेको नगरप्रमुख विमला राईले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
