दाउराको जोहो [तस्वीरहरू]

राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन्। 

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– देशका आधाभन्दा बढी नागरिक खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्ने गरेका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन्। 

अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको छ। २०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। यस जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन्।

भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जाको प्रयोग र मिश्रणमा फरक भेटिन्छ। करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जाको स्रोत विद्युत् र एलपी ग्यासको प्रयोग हुने गरेको छ।

८० प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोतहरू दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईबस्तुका गोबरको गुइँठा आदि प्रयोग हुने गरेको छ।

तराईका ९९ प्रतिशत घरमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली पुगेको छ। हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ।

यस्तो अवस्थामा हिमाली र पहाडी क्षेत्रका अधिकांश जनसंख्या ऊर्जाका लागि वनजंगलमा आश्रित भएको देखिन्छ।

अझै पनि घरायसी ऊर्जाको मूल स्रोत दाउरा नै रहेको छ। घरायसी ऊर्जाको ८४.९ प्रतिशत हिस्सा दाउराबाट प्राप्त भएको छ।