रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ।
रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ।
शुक्रबार बिहानदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको हो। डढेलो नियन्त्रण बाहिर गएको स्थानीय राजुराम पाठकले जानकारी दिए।
शुक्रबार टोकरपुरको छाङ खोला जंगलनजिकैबाट लागेको आगो अहिले शैलुङतर्फ प्रवेश गरेको छ। आगोले स्थानीय लालीगुराँस, छहारेछाप पाखा, बुढापानी सामुदायिक वनको जंगलमा क्षति पुर्याएको छ। डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलगायत परिचालित भएका छन्।
शनिबार बिहान डढेलो केही नियन्त्रण भएको भए पनि दिउँसोबाट हावा चल्न लागेपछि आगो पुनः सल्किएको पाठकले बताए। “धुवाँको मुस्लोसहित ठूलो वनमा आगो लागेको छ, सहजै नियन्त्रण गर्न सकिने अवस्था छैन,” उनले भने।
डढेलो कसले लगायो भन्नेबारे यकिन हुन सकेको छैन। स्थानीय वन उपभोक्ता समितिको शनिबार बिहान बसेको बैठकले घटनामा संलग्नको खोजी गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीमा निवेदन गर्ने निर्णय गरेको छ।
शैलुङको जंगल जैविक हिसाबले महत्त्वको मानिन्छ। विभिन्न जातका गुराँस, सल्लो लगायतका रूख, जडीबुटी र जंगली जनावर पाइने सो जंगलमा आगलागीबाट ठूलो क्षति हुने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
