प्रतितोला सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्यमा सोमबार फेरबदल भएन। मंगलबार प्रतितोला एक लाख चार हजार रुपैयाँ कायम भएको छ।

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार नौ सय रुपैयाँ छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार र तेजाबी सुन प्रतितोला एक लाखमा किनबेच भएको थियो।

सोमबार भने सुनको मूल्यमा फेरबदल भएको थिएन। मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ३७५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।