चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने चिनी उद्योग उखु अभावका कारण फागुन मसान्तमै बन्द भएको छ।
महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन। यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखु अभावका कारण फागुन मसान्तमै बन्द भएको छ।
गत मंसिर २६ गते उखु क्रसिङ शुरू गरेको उद्योगले बिहीबार उखु नपुगेपछि यसपालिको क्रसिङ रोक्नुपरेको जनाएको छ। उद्योगले यसपालि लक्ष्यभन्दा चार लाख क्विन्टल कम उखु क्रसिङ गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए। “हामीले यसपालि ९२ दिनमै क्रसिङ बन्द गर्नुपर्यो, उखु नै नभएपछि यसपालिको क्रसिङ लक्ष्य प्राप्त गर्न सकिएन”, उनले भने।
शुक्लाका अनुसार उद्योग सञ्चालनका ९२ दिनमा ६ दिन उखु अभावले क्रसिङ रोक्नुपरेको र २५ दिन क्षमता घटाएर क्रसिङ गर्नुपरेको थियो। यसपालि उद्योगले कम्तीमा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य निर्धारण गरे पनि ३१ लाख तीन हजार ५१ क्विन्टल मात्र क्रसिङ गरिएको उनले गुनासो गरे। यसपटक तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य पनि उखु अभावले पूरा हुन नसकेको उद्योग प्रशासनले जनाएको छ।
यसैबीच उद्योगले फागुन २५ गतेसम्म किसानबाट ल्याइएको उखुको भुक्तानी दिइसकेको जनाएको छ। यस अवधिमा पाँच दिन पहिलेसम्मको ३० लाख ८० हजार क्विन्टल उखुको एक अर्ब ७० करोड ५७ हजार रुपैयाँ भुक्तानी दिइसकिएको महाप्रबन्धक शुक्लाले जानकारी दिए। यसपालि चिनी उत्पादनको परिणाम यकिन गर्न भने अझै केही दिन लाग्ने उद्योगले जनाएको छ।
पछिल्ला तीन वर्षयता उद्योगले भुक्तानी प्रक्रिया क्रमशः सरल बनाउँदै लगेर यसपालि प्रत्येक पाँच दिनमा उखुको भुक्तानी किसानको खातामा चुक्ता गरेको छ।
भुक्तानी प्रक्रिया सरलीकृत भए पनि उचित मूल्य नपाएपछि उखु किसान निराश भएका र यसले गर्दा उत्पादन घट्दा फागुनमै उद्योगले उखु अभाव खेप्नुपरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाको भनाइ छ।
किसानले उखुको प्रतिक्विन्टल ७५० रुपैयाँ पाउनुपर्ने माग राख्दै आएका थिए। तर सरकारले गत वर्षको मूल्यमा प्रतिक्विन्टल २० रुपैयाँ मात्र बढाएर ५८५ रुपैयाँ कायम गरेको थियो। उद्योगीले दिने मूल्यबाहेक सरकारले ७० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ। यसअनुसार किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५५ रुपैयाँ पाउनेछन्।
यस वर्ष उद्योगले लक्ष्यअनुसार उखु क्रसिङ हुन नसके पनि गत वर्षभन्दा दुई लाख क्विन्टलभन्दा बढी क्रसिङ गरेको छ। गत वर्ष (२०८०/८१) को ‘सिजन’मा २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ गरी दुई लाख ६१ हजार ४०६ क्विन्टल चिनी उत्पादन गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
