देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुनेछ। अपराह्नको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा हावाहुरीको समेत सम्भावना रहेको छ। 

यसैगरी, राति पहाडी भूभागमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। साथै कोशी र मधेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।