नदीमा पानीको बहाव कम हुँदा आयोजनाको क्षमताभन्दा आधा मात्रै विद्युत् उत्पादन भइरहेको छ। पुसबाट विद्युत् उत्पादन घट्न थालेको आयोजनाले जनाएको छ।
बन्दीपुर– आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ। नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो।
केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए। “हिउँ पग्लिएको छैन। मर्स्याङ्दीमा पानीको बहाव कम छ। पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ। हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ,” उनले भने।
उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन्। केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ। “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्यांकमा जम्मा गरेर छोड्ने गरिएको छ,” सहायक प्रबन्धक हुसेनले भने।
मर्स्याङ्दी आयोजना ३५ वर्षअघि निर्माण सम्पन्न भएको हो। सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
