चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन्।
काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा शनिबार राति आगलागी भएको छ।
स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घरमा राति ९ः४० बजे लागेको आगो आधा घण्टापछि नियन्त्रणमा आएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी अपिल बोहराले जानकारी दिए।
उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भएको थियो। चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन्। अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेनन्।
उक्त आगलागीमा १५ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ। आगो निभाउन कालीमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो। स्वयम्भु वृत्तको प्रहरी टोलीसमेत परिचालन भएको थियो।
आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लत्ताकपडा, फलाम जलेको छ। विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
