रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकरणमा सहज हुने जनाइएको छ।
मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाकाका पाँच वटै वडा जोड्ने रिङरोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेका छन्।
घरपझोङ रिङरोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको थियो।
जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत यो सडक रहेको छ। पूर्वाधार विकास कार्यालय मुस्ताङले २०७६ कात्तिक २१ गते बन्दना भगवती जेभिसँग २१ करोड ४३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। १० किमी सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५.५ किमी दूरीमा कालोपत्र गर्ने योजना थियो।
सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किमी दूरीमा प्रिमिक्स कालोपत्र गरिने उल्लेख छ। सम्झौता अवधि २०७७ माघमा सकिए पनि पाँच पटकभन्दा धेरै म्याद थप भइसकेको छ ।
निर्माण कम्पनीले ढिलासुस्ती गरेका कारण हालसम्म पनि रिङरोड सडक सम्पन्न हुन सकेको छैन। पूर्वाधार विकास कार्यालयको ताकेतापछि जसोतसो घरपझोङ रिङरोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको ३ किमी दूरीमा गत मंसिरमा कालोपत्र गरिएको थियो। अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् ।
स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुगमन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन्। चिसो बढेको भन्दै निर्माण कम्पनीले मंसिरमा सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो । तीन महिना बितिसक्दा समेत काम शुरू हुन सकेको छैन।
जोमसोम–ठिनी सडकमा गरिएको कालोपत्र सम्बन्धीमा जनगुनासो बढेसँगै घरपझोङ–५ ठिनीको वडा कार्यालयले गत २१ मंसिरमा पूर्वाधार विकास कार्यालयसँग स्पष्टीकरण माग गरेको थियो। त्यहाँका वडाध्यक्ष प्रदीप थकालीले हस्ताक्षर गरेको पत्रमा जोमसोम–ठिनी सडकको कालोपत्र गुणस्तरहिन र अत्यन्तै कमजोर भएको उल्लेख गरिएको छ ।
पत्रमा यस कालोपत्र सडकको गुणस्तरलाई लिएर स्थानीयमा व्यापक असन्तुष्टि रहेकाले सो सडकको कालोपत्र गुणस्तरका सम्बन्धमा यतार्थ जानकारी गराउन र सडकलाई कसरी गुणस्तर कायम गर्न सकिन्छ? भन्ने सम्बन्धमा स्पष्ट जवाफ पेस गर्नसमेत वडा कार्यायले ध्यानार्कषण गराएको पत्रमा उल्लेख गरिएको छ।
यता, पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर घनश्याम रोक्कामगरले जोमसोम–ठिनी कालोपत्र सडकमा समस्या भएको देखिएमा पुनःसमाधान गर्न सकिने बताए। इन्जिनियर रोक्कामगरले वडा कार्यालयको पत्र प्राप्त भएको र त्यसको जवाफ लेखेर पठाइएको जानकारी दिए।
उक्त सडकमा ५ सेमी मोटाइको प्रिमिक्स कालोपत्र भएको र त्यसमा कुनै त्रुटि भएको प्राविधिक अध्ययनमा देखिएमा करेक्सन गर्न सकिने उनको भनाइ छ।
इन्जिनियर रोक्कामगरले ठेकेदारले अनुकूल समयमा कालोपत्र नगरेको उल्लेख गरे। “सायद तापक्रम नपुगेकाले पनि समस्या आएको हुनसक्छ, अनुकूल समयमा काम गरिनुपर्थ्यो,” उनले भने, “काम गर्छु भनेर आएपछि नगर भन्न मिलेन, यसैले ठिनी गाउँसम्म कालोपत्र गर्न दियौँ।”
सडकमा अझै सडक संरचना, नाली निर्माण, सडक फिनिसिङलगायता कार्य बाँकी छ। रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकरणमा सहज पुग्ने देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
