सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट आएको छ। चाँदीको मूल्य पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी, चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको छ। शुक्रबार सोही परिणामको चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस २ हजार ९८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।